बैशाख ३१ को निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिबाट स्वीकृति

काठमाडौ- राष्ट्रपति विद्यादेवी भण्डरीले स्थानीय निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भए अनुसार सरकारको सिफारिस अनुसार सो स्वीकृति प्रदान गरेकी हुन् ।

राष्ट्रपति कार्यलयका अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि राष्ट्रिय सुरक्षा परिषद्को गत चैत ९ को निर्णय, मन्त्रिपरिषद्को चैत २९ को निर्णय तथा प्रधानमन्त्रीको चैत २९ को पत्रमा उल्लिखित सिफारिस बमोजिम राष्ट्रपतिले स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान भएको छ ।