लन्डन।नेपाली लोक तथा दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेका चर्चित तथा लोकप्रिय गायक प्रकाश सपूत बेलायत आउने भएका छन्।तारा गर्बुजा, अनिल मल्ल, मनोज र मनसुदन थापा सहितको केप्लर इभेन्ट्सले सपूतलाई बेलायत ल्याउन लागेको हो। उनि पहिलोपटक बेलायत आउने पक्का भएको हो।
अल्डरसटको एम्पायर हलमा अगस्ट २५ मा आयोजना गर्ने एकल सांगीतिक साँझमा प्रकाश सपूतले प्रस्तुति गर्नेछन्। बेलुका ७ देखि १० बजेसम्म तय शो हेर्न २५ पाउन्ड टिकट राखिएको छ।
क्याप्लर इभेन्ट्स आयोजक समूहका सदस्य अनिल मल्लका अनुसार गायक सपूत अल्डरसटमा कार्यक्रम सकिएको भोलिपल्टै अगस्ट २६ मा उनी नेपाल फर्किने योजना रहेको जनाए।
युवा पुस्ताका लोकप्रिय गायक सपूत पछिल्लो समय सर्वाधिक सफल छन्। दोहोरी ब्याटल, बोल माया, गलबन्दी हुँदै यो देश मेरो पनि हैन र, कुरा बुझ्नुपर्छ, पिर, सकम्बरी, दमाई महाराजसम्म आइपुग्दा आम दर्शक-श्रोतामा उनको चर्चा र लोकप्रियता चुलिएको छ।






