काठमाडौं। शिक्षा मन्त्रालयले निजी विद्यालयहरुले नियमावलीले तोकेकोभन्दा बढी शुल्क लिएको भेटिए कारबाही गर्ने चेतावनी दिएको छ ।
शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले शिक्षा नियमावलीले तोकेको शुल्कसम्बन्धी ३२ ओटा मापदन्डभन्दा बाहिर गएर बढी शुल्क लिएमा कारबाही गर्ने बताएका हुन् ।
विद्यालयको भैतिक संरचना, सुविधालगायका विषय फरक हुने हुँदा सबै विद्यालयलाई एउटै शुल्कको दर भने तोक्न नमिल्ने उहाको भनाइ थियो ।






