राजेन्द्र महतोलाई यस्तो आरोप लगाउँदै योगेन्द्र रायले दिए राजीनामा

काठमाडौं– सद्भावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र राय यादवले पार्टीबाट राजीनामा दिएका छन् ।
अध्यक्ष राजेन्द्र महतोमा अलोकतान्त्रिक रवैया र परिवारबाद हाबी भएकाले आफूले त्यस्ताे प्रबृत्तीको विराेध गर्दै पार्टीबाट राजीनामा दिएको यादवले बताए ।
उनी पार्टीको युवा बिभाग प्रमुख समेत थिए ।
तर पार्टी प्रवक्ता सन्तोष मेहताले भने उनीसँग स्पष्टिकरण माग गरेको तर अहिलेसम्म नदिएको बताए ।