लन्डन । मार्च, २९ मार्च बुधबार भूतपूर्व गोर्खा सैनिकमाथि बेलायत सरकारले गरेको अन्यायविरुद्ध संघर्ष गरिरहेको गोरखा भूतपूर्व सैनिक संघ (गेसो) र सत्याग्रह संघर्ष समितिबीच सहमति भएको छ ।

गेसो सभापति कृष्णकुमार राई र सत्याग्रह संघर्ष समितिका संयोजक कृष्णबहादुर राईले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुई सय वर्षसम्म बेलायतद्वारा गोर्खाहरुप्रति भएको रंगभेद, अन्याय, अपमान र असमानतापूर्ण व्यवहारको अन्त्यको लागि शीर्ष गोर्खा संस्था गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को बुँगत मुद्दाहरु सम्पूर्ण गोर्खाहरुको प्रतिनिधिमूलक मुद्दा भएकाले उक्त बुँदाहरु लिपिबद्ध गरी निर्णयक वार्तामा प्रस्तुत हुने र भविष्यमा हुने सबै प्रकारका अभियान, आन्दोलन र आवश्यक गृहकार्य अनि गतिविधिमा सहकार्य, सहमति, समझदारी र कार्यगत एकता गरी अगाडि बढ्ने भनी सहमति भयो ।
गोरखाहरुको अधिकारको लागि लडिरहेका गोरखाजन्य संगठनहरु बिच ऐतिहासिक सहमति भएको छ । गोरखा भूतपूर्व सैनिक संघ(गेसो)ले उठाएको २१ बूँदे सहमत भएपछि गोरखाहरुबिच कार्यगत एकता भएको हो । यो सहमतिलाई गोरखालीहरुले ऐतिहासिक सहमित भनेका छन् ।
गेसोको बेलायत स्थित केन्द्रीय कार्यालयमा भएको वार्तामा छलफलमा गेसोको तर्फबाट सभापति राई, उपसभापति धर्म तामाङ्ग, उपसभापति बिर्खबहादुर पुन, कोषाध्यक्ष देबीमाया पुन, गेसो केन्द्रीय सदस्य केशबहादुर पुन गेसो केन्द्रीय सदस्य नराहाङ्ग राई सहभागी थिए भने संत्याग्रहको तर्फबाट संयोजक राई, सहसंयोजक सूर्य नेम्बाङ्ग, सहभागी थिए ।








