गोरखाली समाज यूकेको छैटौं साधारणसभा सम्पन्न

gorkhali2

लन्डन- गोरखाली समाज यूकेको छैटौं साधारणसभा सम्पन्न भएको छ ।

अप्रिल ९ तारिखमा फान्बरो कम्युनिटी सेन्टरमा भएको साधारणसभाले जय प्रकाश  गुरुङको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

समाजको वरिष्ठ उपाध्यक्षमा कर्ण दर्लामी, उपाध्यक्षमा तिलकुमारी गुरुङ, उपाध्यक्षमा हरिभक्त न्यौपाने, महासचिवमा अशोक ढकाल, सचिवमा मान गुरुङ र कोषाध्यक्षमा सुजित श्रेष्ठ कोडिनेटरमा धिराज गुरुङ  चयन भएका छन् ।

सदस्यहरुमा कुमारी गुरुङ, संगीता मरहट्टा, हेमा गुरुङ, हेमकुमार गुरुङ, देव राना, रवि थापा, दिनेश गुरुङ, मिन गुरुङ, सन्त घले, हरि गुरुङ, सुवास गुरुङ, बुद्धि गुरुङ र शैलेन्द्रकाजी श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

यसैगरि आर्थिक संयोजकमा भीम तामाङ र सल्लाहकारमा निरराज गुरुङ चयन भएको समाजले जनाएको छ ।

साधारणसभाका लागि विकलचन्द्र आचार्यको संयोजकत्वमा रणध्वज राना, सूर्य घले र फडकजित गुरुङ सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष भरत क्षेत्रीले पद हस्तानतरण गर्नुभयो । साधारणसभाको व्यवस्थापन उपाध्यक्ष जयप्रकाश गुरुङले गर्नुभएको थियो ।

gorkhali3

gorkhali4

gorkhali5