काठमाडौं- नेपालका लागि नवनियुक्त भारतीय राजदुत मन्जिव सिंह पुरी काठमाडौं आएका छन् ।
शनिवार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अाेर्लिएका राजदूत सिंहले सोमबारबाट कार्यभार सम्हाल्ने भारतीय दुतावासले जानकारी दिएको छ ।
राजदूत सिंह भारतीय कुटनैतिक सेवामा अनुभवी र परिपक्व मानिन्छन् ।
निवर्तमान राजदूत रणजित रे कार्यकाल पुरा गरी दिल्ली फर्किए पछि काठमाडौको भारतीय दुतावास उपप्रमुख विनय कुमारले सम्हाल्दै आएका थिए ।
राजदूतलाई भारतीय दुतावासका कर्मचारीले बिमानस्थलमा पुगी स्वागत गरेका थिए ।
उनलाई भारतीय विदेश मन्त्रालयले केही साता अघि नेपालका लागि राजदुत सिफारिस गरेको थियो ।
सन् १९५९ फेब्रुअरी १५ मा नयाँ दिल्लीमा जन्मिएका पुरी बेल्जियमका लागि भारतको राजदूत रहेका छन् ।
६५ वर्षीय पुरीका पिता पनि कुटनीतिज्ञ नै थिए । पिता धेरै समय विदेशमा रहनुपर्ने हुँदा उनले भारतमा नै रहेका आवासीय विद्यालयमा अध्ययन गरेका थिए ।
दिल्ली विश्वविद्यालयको सेन्ट स्टेफेन कलेजबाट अर्थशास्त्रमा बिए (अनर्स) गरेका थिए ।
व्यवस्थापनमा स्नातकोत्तर गरेका सिंहले भारत सेवामा लाग्नअघि उनले हिन्दुस्तान युनिलिभरमा काम गरेका थिए ।
सन् १९८२ को ब्याचमा भारतीय विदेश सेवामा अफिसरको रुपमा प्रवेश गरेका थिए । भारतीय जनता पार्टीसँग आबद्ध पुरीले यसअघि सन् २००९ देखि २०१३ सम्म अमेरिकामा रहेको संयुक्त राष्ट्रसंघका लागि भारतको राजदूत तथा सहयाक स्थायी प्रतिनिधिको रुपमा कार्यरत थिए । उनी सन् २०११–१२ मा भारतको सुरक्षा परिषद्को वरिष्ठ सदस्यको रुपमा पनि काम गरेका थिए ।
दीर्घकालिन विकास र वातावरणको विषयमा काम गरेका पुरीले सन् २०१२ मा ब्राजिलको रियोमा भएको संयुक्त राष्ट्रसंघको सम्मेलनमा भारतको तर्फबाट प्रमुख मध्यस्तकर्ता थिए । त्यस्तै, उनले वातावरणसम्बन्धि धेरै सम्मेलनमा भारतको प्रतिनिधित्व गरेका छन् । यसको साथै उनले मुख्य आर्थिक फोरम तथा सन् २००९ मा कोपनहेगनमा भएको युएनएफसीसीसीमा पनि भाग लिएका थिए ।
सन् २००५ देखि ०९ सम्म उनी भारतको विदेश मन्त्रालयमा संयुक्त राष्ट्रसंघ डिभिजनको प्रमुख पनि थिए । लामो समय भारतको कुटनीतिक क्षेत्रमा विताएका पुरीले सन् १९८४ देखि ८६ र १९९१ देखि ९४ सम्म जमर्नीमा समेत खटिएका थिए । त्यस्तै, सन् १९८६ देखि ८९ सम्म बैंकक, सन् १९८९ देखि ९१ सम्म काराकास, न् १९९८ देखि २००२ सम्म केप टाउन, सन् २००२ देखि ०५ सम्म मुस्काटमा पनि रहेर काम गरे ।
सन् १९९४ देखि ९८ सम्म उनी ठूला राजनीतिक भ्रमणका क्रममा भारतीय विदेश मन्त्रालयको प्रोटोकल इन्चिार्ज पनि थिए । उनकी पत्नी नम्रिता पुरी रहेकी छिन् भने उनको दुई छोराछोरी रहेका छन् । उनी पनि कुटनीतिक क्षेत्रमा नै कार्यरत छिन् ।
राष्ट्रिय सुरक्षाको विषयम पार्टीको विदेश नीति मनपरेको बताउँदै उनी सन् २०१४ को जनवरीमा भारतीय जनता पार्टी प्रवेश गरेका थिए ।






