नेपाल–बेलायत दौत्य सम्बन्ध स्थापनाको द्विशतवार्षिकी अवसरमा साताव्यापी कार्यक्रम

embassy_of_nepal_in_londonलन्डन– नेपाल र बेलायतबीच दौत्य सम्बन्ध स्थापना भएको द्विशतवार्षिकी पूरा भएको अवसरमा नेपाली दूतावास यूकेले द्विशतवार्षिकी विशेष समापन समारोह आयोजना गरेको छ ।

आगामी मार्च १४ मा सप्ताहव्यापी विशेष समापन समारोह कार्यक्रम आयोजना गरेको नेपाली दूतावासले जनाएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन समुदघाटन समारोह हुनेछन भने नेपाली सांस्कृतिक महोत्सव तथा दोस्रो दिन नेपाली पर्यटन महोत्सव, तस्बिर र कला प्रदर्शनी हुने लन्डनस्थित नेपाली राजदूतवाासले जनाएको छ ।

तेस्रो दिन नेपाल र बेलायत सम्बन्ध सम्बन्धी महोत्सव, तस्बिर र कला प्रदर्शनी एवं चौथो दिन साहित्यिक महोत्सव तथा पुस्तक प्रदर्शनी हुने छ ।

पाँचौ दिन नेपाली संगीत महोत्सव र नेपाली खाना महोत्सव हुनेछ भने छैटौं दिन व्यापार र लगानी महोत्सव र सातौं दिन २० मार्चमा समापन समारोह र भिक्टोयिार क्रस विजेता १३ गोर्खाहरुको तस्बिर अनावरण कार्यक्रम आयोजना गरेको दूतावासद्वारा जारी विज्ञप्तीमा जनाएको छ ।