नवलपरासी । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकर्ताले नवलपरासी क्षेत्र नम्बर–५ का सांसद विक्रम खनालको कार्यालय र नेपाली कांग्रेसको क्षेत्रीय कार्यालयमा तोडफोड गरेका छन् ।
उनीहरुले मंगलबार सदरमुकाम परासीस्थित सांसद खनालको सम्पर्क कार्यालय र क्षेत्रीय समितिको कार्यालयमा तोडफोड गरेका हुन् ।
स्थानीय तह निर्वाचनको विरोधमा मंगलबार आह्वान गरिएको बन्दकाक्रममा सवारी–साधन तोडफोड र उच्छृंखल गतिविधि बढाएको भन्दै प्रहरीले १५ जना कार्यकर्तालाई पक्राउ गरेको थियो ।
पक्राउ परेका उनीहरुलाई एक घन्टापछि छाडिएलगत्तै तोडफोड गरिएको हो ।






