घुस लिँदालिँदै डीएसपी रंगेहात पक्राउ

मुद्दा मिलाइदिन्छु भनेर सेवाग्राहीसँग घुस लिँदैगर्दा नेपाल प्रहरीका एक अधिकृत रंगेहात पक्राउ परेका छन् । काठमाडौं नयाँ बानेश्वर वृत्तका प्रहरी नायव उपरीक्षक रमेश तामाङ सेवाग्राहीबाट ५० हजार घुस लिँदैगर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका हुन् ।
आयोगको टोलीले डीएसपी तामाङलाई काठमाडौंको नयाँ बानेश्वरस्थित होटल एभरेस्टबाट रकम लिँदै गर्दा विहीबार पक्राउ गरेको हो । सेवाग्राहीको मुद्दा मिलाइदिन्छु भन्दै तामाङले घुस लिएको दाबी अख्तियारको छ । तामाङ अख्तियारको अनुसन्धान रहेका जनाइएको छ ।