लन्डन- एन्टा यूकेले वार्षिक कार्यक्रम तय गरेको छ । गत शनिवार ४ मार्च २०१७ का दिन भेटघाट गोर्खा रेस्टुरेन्टमा सम्पन्न बैठकले विभिन्न वार्षिक कार्यक्रमहरु के कसरी सफल पार्ने भन्ने बारेमा छलफल गरेको छ ।
महासचिव मास्टर ह्यारी गुरुङले सञ्चालन गरेको सो बैठकको अध्यक्षता संस्थाका अध्यक्ष डा. ग्राण्डमास्टर एन्जे गुरुङले गर्नु भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष मास्टर थान लिम्बुले गर्नु भएको थियो । बैठकमा महासचिव मास्टर ह्यारी गुरुङले संस्थाको प्रगति विवरण र आगामी कार्यक्रमहरु तयारी के कसरी गर्ने र सफल पार्ने भन्नेबारे प्रस्तावहरु पेश गर्दै उपस्थित सदस्यहरुबाट पारित गरियो । त्यस्तै कोषाध्यक्ष चन्द्रकुमार सुनारले संस्थाको वार्षिक आय व्याय प्रस्तुत गर्दै त्यसलाई सदस्यहरुबाट पारित गरिएको थियो । यस वर्ष सेप्टेम्बर २४-२६ गतेका दिन काठमाडौँमा हुन गइरहेको “तेश्रो माउन्ट एभरेस्ट ओपेन अन्तर राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०१७” लाई के कसरी सहयोग र सहभगिता जनाई सफल पार्ने भन्ने प्रश्ताव माथि बिशेस छलफलहरु भई बेलायतबाट खेलाडीहरु लगि सहभागिता पनि जनाउने र सहयोग पनि गर्ने भन्ने निर्णय पारित गरियो ।
स्मरण रहोस् सो प्रतियोगिता नेपाल कै सबै भन्दा ठुलो अन्तर रास्ट्रिय प्रतियोगिता हो भने जस्लाई विश्व तेक्वान्दो महासंघ र एसियन तेक्वान्दो संघले स्वीकृति प्रदान गरि यस वर्ष देखि “जि वान” स्तरको खेल खेलाउने निर्णय भएको आयोजकले जनाएको छ जस्मा रास्ट्रिय तथा अन्तर रास्ट्रिय पदक बिजेता खेलाडीहरु मात्र मुख्यता सहभागिता रहने छन । माउन्ट एभरेस्ट ओपेन अन्तर्रास्ट्रिय तेक्वान्दो प्रतियोगिता पहिलो पटक सन् २०११, दोश्रो पटक २०१४ देखि नेपाल तेक्वान्दो संघ र अन्तर्रास्ट्रिय नेप्लिज तेक्वान्दो संघको सयुक्त सहकार्यबाट आयोजना गरिंदै आइरहेको प्रतियोगिता हो । नेपालको लागि विश्व तेक्वान्दो संघको एक मात्र आधिकारिक संघ “नेपाल तेक्वान्दो संघ” हो । त्यस्तै नेपालका लागि एक मात्र ओलम्पिक कास्य पदक सन् १९८८ सोल,साउथ कोरियाका बिजेता मास्टर बिधान लामा “अन्तर रास्ट्रिय नेप्लिज तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष हुन् । वहाँ हाल अमेरिकामा स परिवार सहित बस्दै आउनु भएको छ । गएका दुई प्रतियोगितामा दश देशका लगभग २०० खेलाडीहरुले बिभिन्न तौलमा पदकका लागि भिडेका थिए भने तर यस पटक अझै बढी देशहरुबाट र रोचक प्रतियोगिता आयोजन गराई सफल पार्ने बिश्वास आयोजकले लिएको छ । बेलायतको लागि एक मात्र आधिकारिक तेक्वान्दो संघ “अन्तर रास्ट्रिय नेप्लिज तेक्वान्दो संघ बेलायत” (एन्टा यूके) हो भने यसको स्थापना सन् २०१२ मा भएको हो ।
बेलायतमा स्थापित सम्पूर्ण नेपाली तेक्वान्दो क्लवहरु साथै खेलाडीहरुलाई एकै ठाउँमा ल्याई नेपाली खेलाडीहरुको साथै नेपालको तेक्वान्दो बिकाश गर्ने यस संस्थाको दूरगामी प्रमुख लक्ष्य र उद्येश्य रहेको छ । एन्टा यूकेले स्थापनाकालदेखि आजसम्ममा बेलायतबाट खेल्ने वा नेपालबाट अन्तर रास्ट्रिय प्रतियोगिताहरुमा खेल्ने नेपाली खेलाडीहरुलाई आर्थिक सहयोग तथा सम्मान गर्दै आइरहेको छ । यस वर्ष हुने “तेश्रो माउन्ट एभरेस्ट ओपेन अन्तर रास्ट्रिय तेक्वान्दो प्रतियोगिता २०१७” काठमाडौँ मा बेलायतबाट पहिलो पटक खेलाडीहरु र अफिसियल जाने निर्णय भएको छ । त्यसको तयारी गर्नको लागि संस्थाका अध्यक्ष डा.ग्रान्डमास्टर एन्जे गुरुङ सातौं डान, मास्टर जयन्त थापा पाँचौं डान र मास्टर ईस्ट गुरुङ चौथो डानको तिन सदस्सीय कमिटीलाई जिम्मा दिइएको छ । त्यस्तै आर्थिक व्यवस्थापन र प्रचार प्रसार विभाग तर्फ महासचिव मास्टर ह्यारी गुरुङको प्रमुख संयोजकमा बिभिन्न क्षेत्रमा क्षेत्रिय संयोजक पनि तोकिएको छ । साउथ ईस्ट लण्डन तर्फ मास्टर ह्यारी गुरुङ र नेपाल रास्ट्रिय कराँते प्रशिक्षक जीवन सेन, वेस्ट नर्थ लण्डन तर्फ डा.ग्रान्डमास्टर एन्जे गुरुङ र मास्टर जयन्त थापा, साउथ वेल्स तर्फ मास्टर भिम महेन्द्र गुरुङ र चन्द्र कुमार सुनार, अल्डरसट तर्फ मास्टर थान लिम्बु, गिल्डफोर्ड वोकिंग तर्फ मास्टर नवराज घले र मास्टर बुद्धि गुरुङ र आस्फोर्ड तर्फ मास्टर ईस्ट गुरुङलाई जिम्मेवारी तोकिएको छ ।
एन्टा यूकेले वर्षेनी क्षेत्रिय तेक्वान्दो सेमिनारहरु पनि गर्दै आईरहेको छ गत वर्षमा झै यस वर्ष फेरि पनि ग्रिष्म कालिन सेमिनार जुलाईको दोश्रो हप्ता आसफोर्डमा “वे तेक्वान्दो क्लव” लाई जिम्मा दिएको छ । हाल सम्म एन्टा यूकेमा नौ वटा क्लवहरु आबद्ध भएका छन् भने लगभग बेलायतका बिभिन्न क्षेत्रमा ३०० जना भन्दा बढी प्रशिक्षार्थीहरुले ट्रेनिंग गरिरहेका छन् । अन्तमा बैठकमा नयाँ आगन्तुक गुरुहरु मास्टर पूर्ण गुरुङ पाँचौं डान, मास्टर प्रदिप गुरुङ चौथो डान र तेजेन्द्र गुरुङ तेश्रो डानलाई खादाबाट स्वागत गरिएको थियो । उक्त बैठकमा उपस्थित भई सदस्यता लिन चाहानु हुने इच्छुक आठ जना सिनियर गुरुजीहरुलाई अर्को कार्यक्रममा स्वागत सहित सम्मान गर्ने बैठकले पारित गरेको छ । उहाँहरु अन्तिम अवस्थामा अन्य पारिवारिक काम परि आउन नसकेको जानकारी प्राप्त भएको खवर संस्थाका अध्यक्ष डा.ग्रान्डमास्टर एन्जे गुरुङले दिनु भएको थियो






