बिर्तामोडको बीच सडकमै एमालेको आमसभा, यातायात अस्तव्यस्त

झापा– नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत दोस्रो जनसभा झापाको बिर्तामोडमा गरिएको छ ।
बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गस्थित बीच सडकमै आमसभा गरिएको हो ।
बीच सडकमै आमसभा गरिँदा यातायात व्यवस्था अस्तब्यस्त बन्यो । काकडभिट्टामा ओलीले उद्घाटन गरेको अभियान त्यहाँबाट बिर्तामोडमा आएर पुन अर्को सभा गरिएको थियो ।

सभालाई सम्बोधन गर्दै एमाले वरिष्ठ नेता झलनाथ खनालले २०७४ साल जोखिमपूर्ण वर्ष भएको टिप्पणी गरे। ०७४ माघ ७ भित्र तीनै तहको निर्वाचन हुनुपर्ने भन्दै त्यो बीचमा चुनाव हुन नसके देश संकटमा पर्ने उनको भनाई छ ।

उनले एमालेलाई मधेस विरोधी भन्नेहरु बिर्तामोडमा आएर हेर्न सुझाए ।