सहमति तोड्दै राप्रपाका लोहनीले अध्यक्षमा उमेद्वारी घोषणा

काठमाडौ– राप्रपा अध्यक्षका लागि शीर्ष नेताहरुबीच भएको सहमति तोडिएको छ । सहमतिअनुसार काम नगरेको भन्दै राप्रपाका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सहमतिविपरित अध्यक्षमा उमेद्वारी घोषणा गर्ने बताएका छन् । महाधिबेशन सुरु हुनु २ घण्टा अगाडी लोहनीले रिपोटर्स क्लवमा पत्रकार सम्मेलन गरी आफुले अध्यक्षमा उमेद्वारी दिने घोषणा गरे । बुधबार मात्रै लोकेन्द्र बहादुर चन्दको निवासमा भएको सहमतिमा अध्यक्ष पद कमल थापालाई दिने सहमति भएको थियो । लोहनीले रिपोर्टर्स क्लबमा आयोजित कार्यकममा उम्मेदवारी घोषणा गर्दै पार्टी एकीकरणको बेला चुनाव चिन्ह हलो रहने भन्ने सहमतिलाई अहिले उल्टाइएको आरोप समेत लगाए उनले भने‘ एकता गर्दा पदाधिकारीसहितमा प्याकेजमै सहमति गर्ने भनिएकोमा त्यसमा पनि लटरपटर गर्न खोजियो यो मलाई मान्य छैन ।’ राप्रपा सबैको साझा भएको भन्ने मानसिकता नेताहरुमा हराएको उनको आरोप छ । भने‘ पार्टीलाई एकलौटी गर्न खोजिएको छ म यसमा सहमत छैन ।’