वासिङटन– अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच.डब्लु. बुस अस्पताल भर्ना भएका छन् । ९२ वर्षका बुसलाई होस्टनस्थित अस्पतालमा भर्ना गरिएको स्थानीय सञ्चार माध्यमहरुले बुधबार जनाएका छन् । उनको स्वास्थ्य अवस्थास्थिर रहेको र सुधार भइरहेको अस्पतालका प्रमुख जेन बेकरले जानकारी दिए ।
उनलाई अहिले अस्पताल भर्नागर्नुको कारणका बारेमा केही बताइएको छैन । पूर्वराष्ट्रपति बुसलाई यसअघि पनि पटकपटक भर्ना गरिएको थियो ।
जीवित चार जना पूर्वराष्ट्रपतिमध्ये उनी सबैभन्दा बढी उमेरको छन् । उनी सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति बनेको थियो । उनका छोरा जर्ज डब्लु।बुसले पनि सन् २००१ देखि २००९ सम्म राष्ट्रपतिको जिम्मेबारी सम्हालेका थिए ।






