जर्मनीको बर्लिन स्थित क्रिसमस बज़ारमा लरी जोताईएपछि नौ जनाको मृत्यु भएको छ भने कैयौ घाईते भएका छन। क्रिसमस बजारमा जानाजान लरी जोताएर आतांक मच्चाएको आशंका जर्मन प्रहरीले गरेको छ। अन्तराष्ट्रिय मिडियाका अनुसार लरी आक्रमण पछि चालक फरार छन। भिडियो फुटेजका अनुसार क्रिसमस बजारमा लगाईएका कैयौ स्टलहरु टुटेर जमीनमा ढलेका छन।
बर्लिनर मॉर्गनपोस्टका एक रिपोर्टरका अनुसार बजारको स्थिति तनाब पूर्ण रहेको छ भने मान्छेहरु भागाभाग गरेका छन।उक्त बजार ब्राइशाइप्लात्ज़ स्थित कायसर विलहेम मेमोरियल चर्च नजिकै रहेको छ। गत बर्ष दक्षिणी फ्रान्सस्थित निस शहरमा पनि एउटा लरी भीडभित्र जोताइएपछि केही बालबालिका सहित दर्जनौं मारिएका थिए। नेपालीनेपाली डटकमबाट






