लन्डन– बेलायत भ्रमणमा आएका न्यायाधीशसँग बेलायतमा अन्तर्क्रिया कार्यक्रम हुने भएको छ ।
एनआरएनए यूकेले हाल बेलायत भ्रमणमा रहेका वरिष्ठ न्यायाधीशहरुसँग अन्तरक्रिया गर्ने भएको छ । मंगलबार सांझ ६ बजे गोल्डेनसीप रेष्टुरेन्ट, लन्डन साउथ ह्यारोमा कार्यक्रम गर्न लागिएको हो ।
सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्र, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगाना, सर्वोच्च अदालतका सह रजिष्ट्रार नहकुल सुवेदी, जिल्ला अदालत रुपन्देहीका न्यायाधीश रमेशप्रसाद रिजाल, सर्वोच्चका उप रजिष्ट्रार विश्वराज पौडेल र अफिसर गीता श्रेष्ठ लन्डन भ्रमणमा रहेका छन् ।
एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले अन्तरक्रियामा सहभागिताका लागि सबैमा अनुरोध गरेका छन् ।






