राजविराज- सप्तरीको हरिहरपुर र देउरी भरुवामा निर्माण गरिएको अग्नि प्रतिरोधात्मक नमूना घरको आइतबार प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले उद्घाटन गरेका छन् ।
सबैतिर आगलागीले रौद्ररुप देखाइरहेका बेला स्थानीय प्रशासन र रेडक्रसको सहयोगमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको अग्नि प्रतिरोधात्मक नमूना घरमा आगो लगाएर उद्घाटन गरिएको हो ।
पराल, डोरी, माटो, बालुवा र प्लास्टिक प्रयोग गरी नमूना घर बनाइएका हुन् ।
घरमा डिजेल छ्यापेर आगो लगाइएकोमा आगो एक मिनेटमै निभेको थियो ।







