नयाँ बजेट बनाउन जुट्यो अर्थ मन्त्रालय, तयारी तीब्र

artha-mantralaya_Nepal

काठमाडौं- आगामी बजेट निर्माणमा अर्थ मन्त्रालय जुटेको छ । कर्मचारी मन्त्रालयको ढोका थुनेरै आर्थिक वर्ष २०७३/७४ को बजेटमा जुटेका छन् ।

नयाँ संवैधानिक व्यवस्थाअनुसार यो वर्ष जेठ १५ गते नै नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने हुन्छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि ९ खर्ब ९ अर्ब रुपैयाँ बराबरको बजेट तयार गर्न अर्थ मन्त्रालयलाई ‘सिलिङ’ तोकिसकेको छ ।

चालु आर्थिक वर्षका लागि ल्याइएको ८ खर्ब १९ अर्बको बजेटमा २ खर्ब ८ अर्ब रुपैयाँ पूँजीगत खर्च विनियोजन गरिएको थियो । भूकम्प र नाकाबन्दीले विकास आयोजनाहरु प्रभावित हुँदा अहिलेसम्म पूँजीगत खर्च अत्यन्त न्यून रहेको छ । तर, अहिले अवस्थामा सुधार आएको र यो वर्ष महत्वपूर्ण केही समय बाँकी रहेकाले विकास खर्च ६० देखि ७० प्रतिशत भने पुग्ने मन्त्रालयका अधिकारीहरुको विश्वास छ ।

बजेट भूकम्पपछिको पुनःनिर्माण, उच्च आर्थिकबृद्धि, रोजगारी सिर्जनामा केन्द्रित हुने अर्थ मन्त्रालयले जनाएको छ ।