काठमाडौं– पार्टी एकीकरण तथा सविधान संशोधन लगायतको विषयमा छलफल गर्नका लागि आज तराई मधेश लोकतान्त्रिक पार्टीको बैठक पार्टी कार्यालयमा बसिरहेको छ ।
महाधिवेशनपछि पार्टीका पदाधिकारी, जिल्ला अध्यक्ष, र ससंदीय दलसहितको यो पहिलो बैठक हो । यो बैठकमा सद्भावना पार्टीसँग हुने एकीकरणको विषयमा छलफल हुनेछ । साथै सत्तारुढसँग भएको तीन बुँदे सम्झौता अनुसार हालसम्म सविधान संशोधन नभएको विषयमा पनि छलफल हुने पार्टीका सहप्रवक्ता कृष्ण सिंहले जानकारी गराएको छ ।
बैठकमा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले विषय प्रवेश गराएका छन् भने वरिष्ठ उपाध्यक्ष ह्रदयश त्रिपाठीले वर्तमान राजनीतिक परिस्थितिको विवेचनात्मक विश्लेषण गरेका छन् । संगठन सुदृढीकरणको बारेमा अर्का उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले बोल्नेछ भने स्थानीय निकायको संरचनाको बारेमा अर्का उपाध्यक्ष वृषेशचन्द्र लालले आफ्नो धारणा राख्नेछ ।
त्यसैगरि संसदीय कार्यमा पार्टीको भूमिका एवं विधेयकहरुको विषयमा महासचिव वृजेश गुप्ताले आफ्नो धारणा राख्नेछ ।






