यूवासंघले अर्धनग्न जुलुस निकाल्ने

काठमाडौं  ३ माघ । समयमै संविधान बनाउन माग गर्दै युवा संघ सडक आन्दोलनमा उत्रने भएको छ । उद्योगमन्त्री महेश बस्नेतले नेतृत्व गरेको युवा संघले शनिबार नयाँ बानेश्वरमा अर्धनग्न जुलुस प्रदर्शन गर्ने जनाएको छ ।

माघ ८ भित्रै संविधान नबनाए ६०१ सभासदहरु नांगिने भन्दै अर्धनग्न जुलुस प्रदर्शन गर्न लागिएको युवासंघका प्रवक्ता प्रभातविक्रम कटुवालले बताए । अर्धनग्न युवाहरुले संविधानसभा वपरिपरि प्रदर्शन गर्ने उनले बताए ।

विपक्षीमाथि ज्ञानेन्द्र शैलीको दमन

यसैवीच कांग्रेस र एमालेले नेतृत्व गरेको लोकतान्त्रिक सरकारले ज्ञानेन्द्रकै पालामा जसरी विपक्षीहरुको प्रदर्शनमाथि लाठी चार्ज र धरपकड सुरु गरेको छ । शुक्रबार रत्नपार्कमा शान्तिपूर्ण सभा गरिरहेका बेला पदमसुन्दर नेतृत्वको मोर्चाका कार्यकर्तालाई प्रहरीले लाठीचार्ज गरेर केहीलाई घाइते बनाएको थियो ।

प्रहरीको लाठी चार्जबाट मल्लके सुन्दर लगायतका नेता कार्यकर्ता घाइते बनेका थिए । आदिवासी जनजाति आन्दोलनका संयोजक तुलाधरले शान्तिपूर्ण प्रदर्शनमाथि दमन गर्ने अधिकार सरकारलाई नभएको बताएका छन् ।

शान्तिपूर्ण आन्दोलन गर्न नदिने र भौतिक आक्रमण गरी अंगभंग गर्ने कार्य पञ्चायतकालमा पनि नहुने गरेको मल्लके सुन्दरले बताएका छन् ।