ने.बि. संघका केन्द्रिय सदस्य, बिष्णुहरि भण्डारीको अमेरिकामा असामयिक निधन भएको खबरले हामिलाई अत्यन्त स्तब्ध तुल्याएको छ ।
सन्सारका सबै मानिसहरुको चाहनाको केन्द्र अमेरिकामा केही बर्ष एता धेरै नेपालीहरुको मृत्युको खबर आइरहेकोछ ।
यो हाम्रा लागि दु:खद बिषय हो।

हुनत जन्म,मृत्यु र बिबाह लेखेर लिएको हुन्छरे … नेपाल नुवाकोट घर भै अमेरिकाको भर्जिनियाको वुडब्रिजमा बसोबास गर्ने ३४ वर्षीय भण्डारीको वुडब्रिज स्थित आफ्नै डेरामा गत जनवरी १५ तारिख बिहान ४ बजे रहस्यमय मृत्यु भएको छ l मृतक भण्डारी नेपाल बाट २ वर्ष अगि मात्र आएका हुन् भने उनी नेपाल विद्यार्थी सङ्घ तथा जन सम्पर्क समिति भर्जिनिया शाखासंग संलग्न रहेका थिए l
मृतक भण्डारी श्रीमती नारायणी भण्डारी तथा जेठी छोरी ६ वर्ष तथा कान्छी छोरी केवल ५ महिनाको साथमा सँगै अमेरिकामा मै बसोबास गर्दै आएका थिए र उनको मृत शरीरलाई प्रिन्स अस्पतालमा परीक्षणको लागि राखिएको छ






