इजिप्टको आधुनिक इतिहासकै सबभन्दा घातक हमला (भिडियो)

मस्जीद। इजिप्टको एक मस्जीदमा गराइएको आतंकवादी आक्रमणमा परी मारिनेको संख्या २३५ पुगेको छ ।

राष्ट्रपति अब्दुल फतह अल सिसिले भने साइनाइस्थित मस्जीदमा गरिएको आक्रमणको पूर्ण शक्तिका साथ बदला लिइने चेतावनी दिएका छन् । सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ ।

बन्दूकधारीहरुले उत्तरी गाउँ अल–रावडामा रहेको सो मस्जिदमा प्रवेश गरी बम पड्काएको र घाइतेको उद्धारका लागि आएका एम्बुलेन्सहरुमाथि गोली चलाउँदा मारिनेमा अधिकांश पुरुष, महिला तथा बालबालिका छन् ।

आक्रमणकारीले उक्त मस्जिदमा आउने सुफी समुदायलाई निशानामा पारेको हुनसक्ने बताइएको छ । चार वटा गाडीमा आएका हतियारधारीले नमाज पढिरहेका सर्वसाधारणमाथि गोली प्रहार गरेका थिए ।

https://youtu.be/Hte_qG75-0s