रसुवा, १४ साउन । रसुवाको धुन्चेस्थित नारायण दलगण चेक प्वाइन्टमा चेकचाँचका क्रममा विहीबार एक किलो सुनसहित दुईजना व्यक्ति पक्राउ परेका छन् । बा६१प २९४८ नम्बरको मोटरसाइकलमा रसुवाबाट काठमाडौं लगिँदै गरेको एक किलो सुनसहित रसुवाको गोलजुङ गाविस–५ निवासी सीता तामाङ र योशन तामाङलाई नेपाली सेनाको नारायण दलगणले पक्राउ गरेको हो । पक्राउ परेकालाई सेनाले प्रहरीको जिम्मा लगाएको जनाइएको छ ।
एक किलो सुनसहित दुईजना पक्राउ






