हङकङमा एनआरएन एसिया प्याशिफिकको क्षेत्रीय सम्मेलन

न्डन ।  एनआरएन  एसिया प्याशिफिकको छैठौ क्षेत्रिय सम्मेलन हङकङमा हुने भएको छ । आगामी डिसेम्बर ८ र ९ गते हुने भएको हो । नेपाली संघ एसिया प्याशिफिकको छैठौ क्षेत्रिय सम्मेलन तथा प्रथम महिला सम्मेलनको मिति नय भएको एनआरएन हङकङ अध्यक्ष राधिका गुरुङ (टिका ) ले जानकारी दिइन ।

एनआरएन एसिया प्याशिफिक संयोजक किरण विक्रम थापाले हङकङ नेतृत्वलाई यसअघि नै सो जिम्मेवारी प्रदान गरेको हो ।  एनआरएन हङकङले छैठौ क्षेत्रीय सम्मेलन तथा प्रथम महिला सम्मेलन गर्ने जिम्मेवारी पाएको अध्यक्ष राधिका गुरुङले बताउँदै तयारी थालीएको बताइन ।