किरात राई यायोक्खा बेलायतको अध्यक्षमा मेजर राई, यस्तो बन्यो नयाँ कार्यसमिति

लण्डन । किरात राई यायोक्खा बेलायतको अध्यक्षमा मेजर योगेश राई निर्वाचित भएका छन् ।

शनिवार लण्डनको साउथ ह्यारोमा सम्पन्न ८ औं महाधिवेशनबाट मेजर राईको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

जसको उपाध्यक्षहरुमा राजकुमार राई, प्रेमकुमार राई, आशा राई, शान्तकला राई र शंकर राई निर्वाचित भएका छन । समितिको महासचिवमा देवेन्द्र राई ‘खेरेस’, उपमहासचिवमा ईश्वर चाम्लिङ र किसन राई निर्वाचित भएका छन । सचिवमा रोम मुकारुङ राई र उमिरा राई निर्वाचित भएका छन । महाधिवेशनबाट कोषाध्यक्ष प्रसाद राई र सहकोषाध्यक्षमा नीता राई र चन्द्र जयपाल राई निर्वाचित भएका छन ।

सदस्यहरुमा शान्ता राई, पेन्डुलाल राई, शोभा राई, सुरेश राई, मनिकला राई, निर्मला मादेन राई र किसन राईनिर्वाचित भएका छन । महाधिवेशनका प्रमुख अतिथी किरात राई यायोक्खा नेपालका अध्यक्ष दिवस राईले भर्चुअल माध्यमबाट शुभकामना मन्तब्य व्यक्त गरेका थिए । किरात राईहरुको संख्या विदेशमा बढदै जानु सुखद पक्ष रहेको बताउदै राईले बेलायतमा किरात राई यायोक्खा बलियो र सवल बनेको बताए । उनले संस्थालाई व्यक्ति केन्द्रीत भन्दा पनि विधि विधानको आधारमा सञ्चालन गर्नुपर्ने कुरालाई जोड दिए । कोही व्यक्ति आउँछ जान्छ, तर किरात राई यायोक्खा सदैव रखिरहने भएकाले विधि, विधानलाई सबैले शिरोपर गनुपर्ने बताए ।

संस्थामा केही विवाद, असजिलाहरु हुन्छन् तर त्यसलाई हल गर्ने भनेको विधि विधान हो । व्यक्तिको रुपमा कसैलाई मन नपर्न सक्छ तर विधि विधानले जे निर्देशित गर्छ त्यही गर्नुपर्छ उनले भने –‘‘कसैको फरक मत भएपनि विधि, विधानबाट नै बैधानिक तवरले हल हुनुपर्छ ।’

महाधिवेशनको उद्घाटन सत्रमा जनता समाजवादी पार्टीका केन्द्रीय नेता भगवान चाम्लिङले संस्था बलियो भए हामी सबैको पहिचान र अस्तित्व रहीरहने बताए । संस्थालाई बलियो बनाउनका लागि सबै किरात राईहरु एकढिक्का भएर अगाडी जानुपर्ने आवश्यकता रहेको बताए । ‘‘आजको आवश्यकता भनेको सबै किरात राईहरु एकजुट हुनु हो, फुटेर होइन जुटेर जानुपर्छ’’ उनले भने ।

महाधिवेशनको उद्घाटन समारोहमा नेपाल आदीवासी जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पाले पनि शुभकामना मन्तब्य राखेका थिए । उनले किरात राई यायोक्खालाई आदीवासी जनजाति महासंघले भरपुर सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका थिए ।

महाधिवेशनमा प्रारम्भिक कार्यसमितिहरुले कार्यप्रगति प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । महाधिवेशनको बन्द सत्रमा महासचिव नरेश काङमाङ राईले प्रगति प्रतिवेदन र कोषाध्यक्ष धनराज राई र सहकोषाध्यक्ष प्रसाद राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बन्द सत्रमा प्रस्तुत भएको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदनमा गहन छलफल भएको थियो ।

महाधिवेशनमा संशोधित विधानलाई उपाध्यक्ष प्रेम राईले प्रस्तुत गरेका थिए । बन्द सत्रमा महासचिव नरेश काङमाङ राई, कोषाध्यक्ष धनराज राई र सहकोषाध्यक्ष प्रसाद राईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उपस्थित प्रतिनिधिहरुले सामुहिक रुपमा छलफल गरेका थिए । छलफलपछि प्रस्तुत भएका प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्बसम्मतले पास भएको थियो ।

बन्द सत्रका अध्यक्षता किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका पुर्व अध्यक्ष यशोदा राई र निर्वाचन समितिका अध्यक्षता पुर्व अध्यक्ष डा. सुमाया राईले गरेकी थिइन । कार्यक्रमको उद्घाटन सत्रमा शुभकामना मन्तब्य उपाध्यक्ष राजकुमार राईले र सञ्चालन महासचिव नरेश काङमाङ राईले गरेका थिए । महाधिवेशनमा छलफल भएको बिषयमा डा. मूलवीर राई र गीतकार ईश्वर चाम्लिङले टिप्पणी गरेका थिए । टिप्पणीकर्ताको तर्फबाट टिप्पणी प्रस्तुत र घोषणापत्र डा। मुलवीर राईले गरेका थिए ।

अध्यक्षमा निर्वाचित भएपछि मेजर योगेश राईले तत्कालीन र दीर्घकालिन रणनीतिक अवधारणाहरु समेत सार्वजानिक गरेका छन् । राईले बेलायतमा रहेका सम्पुर्ण किरात राईहरुलाई एकताको सुत्रमा बाधेर अन्य जातजातिहरुसंग भाइचाराको रुपमा सम्बन्ध स्थापित गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

लण्डन नेपाल न्यूजसँगको कुराकानीमा उनले संस्थाको उद्देश्य प्राप्तिको अभियानमा निरन्तर लाग्ने भन्दै यस अभियानमा सबैलाई साथ दिन समेत आग्रह गरे । महाधिवेशनको अन्त्यमा निर्वाचित भएका सम्पुर्णलाई निर्वाचन समितिका अध्यक्ष डा. सुमाया राईले शुभकामना व्यक्त गर्दै नवगठित कार्यसमितिका पदाधिकारीहरुलाई शपथ ग्रहण गराएकी थिइन् ।

बेलायतका १३ वटा प्रारम्भिक कार्यसमितिका प्रतिनिधि तथा पर्यवेक्षक सहित २ सय ५० बढिको सहभागीतामा भव्य रुपमा कार्यक्रम सम्पन्न भएको हो ।