कोरियाका लागि अमेरिकी राजदूत माथि आक्रमण

दक्षिण कोरियाका लागि अमेरिकी राजदूत मार्क लिप्पेर्टमाथि राजधानी सिओलमा सांघातिक आक्रमण गरिएको छ ।

राजधानी सिओलमा ब्रेकफास्ट मिटिङ गर्दै रहेका समयमा एक व्यक्तिले उनीमाथि रेजर ब्लेडले आक्रमण गरेका थिए । आक्रमणकारीले उनको अनुहार र बायाँ हातमा ब्लेडले काटेका थिए । रक्ताम्य देखिएका राजदूत लिम्पेर्टलाई तत्कालै अस्पताल पु¥याइएको थियो । घटनामा संलग्न रहेका ५५ वर्षीय एक व्यक्तिलाई गिरफ्तार गरिएको छ । उनीमाथि ज्यानकै खतरा भने नभएको दूतावासले जनाएको छ । उत्तर कोरिया र दक्षिण कारियाबीच एकीकरण गर्नुपर्ने भन्दै आक्रमणकारीले अमेरिकाले युद्ध भड्काइरहेको आरोप लगाएका थिए ।