लन्डन– नेपाली आधुनिक तथा लोकप्रिय पार्श्व गायिका शर्मिला बर्देवाको गीत ‘ मेरो ठुम्कामा ‘ विमोचन गरिएको छ ।
लण्डनमा आइतबार एक समारोहबीच पत्रकारद्वय नविन पोखरेल र चिरन शर्मासहित बालिका आन्शिका परियारले संयुक्त रुपमा म्युजिक भिडियो ‘ मेरो ठुम्कामा ‘ विमोचन गरेका हुन् ।
पत्रकार नृपेश उप्रेतीको शब्द र वसन्त सापकोटाको संगीत रहेको ‘ मेरो ठुमकामा ‘ नाच्न मिल्ने रमाइलो गीत हो । यस गीतको म्युजिक भिडियो भने बेलायत निवासी विजय घिमिरेले निर्देशन गरेका हुन् । भिडियोमा स्वयं विजय र चर्चित मोडल साराले अभिनय गरेका छन् । सबै दृश्यहरु बेलायत मै छायांकन गरिएको हो ।
विमोचन समारोहमा बोल्दै पत्रकार चिरन शर्माले राम्रो संगीतको प्रसार गर्नु सञ्चारकर्मीहरुको पनि कर्तब्य भएको बताउँदै विदेशमा कलाकारहरुलाई नेपाली संकृति झल्किने कुरा प्रस्तुत गर्नु पर्नेमा जोड दिए ।
गायिका शर्मिला बर्देवाले आफू आफ्नो देशबाट टाढा भएपनि नेपाली संगीत क्षेत्रलाई निरन्तर योगदान दिन हरेक वर्ष नयाँ शृजना दिइरहने बताइन् ।
समारोहमा पत्रकारहरु मिलन शर्मा ,शिब भण्डारी ,नारायण गाउँले , नरेन्द्र बस्नेत लन्डन नेपाल न्यूज डट कम का,डिजिटल कोअर्डिनेटर बीरेन्द्र श्रेष्ठ, मधु सुधन आचार्य लगायत सपन इन्टरटेन्मेन्टका सपन राई राई र मञ्जु गुरुङ पनि उपस्थित थिए।
यस गीतको म्युजिक भिडियो बुढासुब्बा डिजिटलले युट्युवमार्फत सार्वजनिक गरेको छ भने आईट्युन्टस, गुगलप्ले, अमेजन एमपीथ्री, स्पटिफाईलगायतका डिजिटल माध्यममा उपलब्ध हुने जानकारी दिइएको छ ।






