बलिउड फिल्म ‘नशा’ बाट आफ्नो फिल्मी करियरको सुरुवात गर्ने अभिनेत्री र मोडल पुनम पाण्डे आजकाल आफ्नो फिल्म ‘मालिनी एण्ड कम्पनी’ को प्रोमोसनमा व्यस्त छिन् । आफ्नो नयाँ फिल्मलाई चर्चित बनाउनका लागि उनले थुप्रै तरिकाहरु अपनाइरहेकी छिन् । यसका लागि उनले कहिले फोटोसुट गरिरहेकी छिन् भने उनी कहिले यसको प्रोमो तयार गरिरहेकी देखिन्छिन् ।
पुनमले भर्खरै आफ्नो ट्विटर अकाउन्टमा फिल्मसँग सम्बन्धित निकै उत्तेजक तस्बिर र भिडियो अपलोड गरेकी छिन् । फिल्मको यो तस्बिरमा उनी निकै सेक्सी र हट देखिएकी छिन् । स्मरण रहोस्, पुनमले यसको प्रोमो पहिले पनि सार्वजनिक गरिसकेकी छिन् । पुनमको यो फिल्म जनवरीमा रिलिज हुने बताइएको छ र उनी यसको लागि निकै उत्तेजित भएको बताउँदै आएकी छिन् ।







