नारायणकाजीले महरा र प्रकाशको नाम सूचीबाट हटाए

narayan kaji shresthaकाठमाडौं–एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चीन भ्रमणमा जाने सूचीबाट महासचिव कृष्णबहादुर महरा र अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाश दाहालको नाम हटाइदिएका छन् ।

अन्तर्राष्ट्रिय विभागका इन्चार्जसमते रहेका श्रेष्ठको असन्तुष्टिपछि चिनियाँ कम्युनिष्ट पार्टी र काठमाडौंस्थित चिनियाँ दूतावासले पठाएको पत्रलाई हेरफेर गर्न लगाएर महासचिव महरा र प्रकाशको नाम चीन जाने सूचीबाट हटाइएको स्रोतलाई बतायो ।

स्रोतका अनुसार हालै भारत भ्रमणबाट फर्किएका महरालाई चीनले नामै किटेर निमन्त्रणा गर्नुलाई एमाओवादीले अर्थपूर्ण रुपमा लिएका कारण उनको नाम सूचीबाट हटाइएको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ दूतावासको राजनीतिक डेक्स मार्फत पठाएको निमन्त्रणा पत्रमा महरा, प्रकाश र एकजना पत्रकारसहित १५ जनालाई चीन भ्रमणमा पठाइदिन आग्रह गरिएको थियो ।