मुम्बई – ‘गुन्डा’ फिल्मका निर्देशनका लागि निकै चर्चामा आएका फिल्मनिर्माता कान्ती शाहलाई नायिकाको आपत्तिजनक नग्न फोटो र भिडियो सार्वजनिक गरेको आरोपमा मुम्बई पुलिसले पक्राउ गरेको छ ।
अरु कसैको नग्न शरिरमा आफ्नो अनुहार जोडेर फोटो र भिडियो बनाएको भन्दै नायिकाले सान्ताक्रुज पुलिस स्टेसनमा गत जनवरी ६ तारिखका दिन शाहका विरुद्ध रिट दर्ता गरेकी थिइन् । फिल्म निर्देशकले आपत्तिजनक तस्बिर र भिडियो इन्टरनेटमा सार्वजनिक गरेको आरोप लगाएकी छिन् ।
उक्त घटनाको अनुसन्धान साइबर क्राइम इन्भेष्टिगेसन सेलले गरिरहेको बताइएको छ । यद्यपी, अहिलेसम्म शाहमाथि लागेको आरोपको पुष्टि भएको छैन । मिडियाको रिपोर्ट अनुसार नायिकालाई आफ्नो उक्त भिडियो र तस्बिरहरुको बारेमा आफ्नो साथीमार्फत थाहा भएको उनले आफ्नो उजुरी पत्रमा लेखेकी छिन् । जतिबेलादेखि यी तस्बिरहरु सार्वजनिक भयो त्यतिबेलादेखि आपत्तिजनक फोन आइरहेको उनले बताइन् । उक्त नग्न तस्बिर र भिडियो फिल्मको प्रोमोसनको लागि प्रयोग गरिने उनले दाबी गरिन् ।
नायिकाको नग्न फोटो सार्वजनिक गर्ने निर्देशक पक्राउ






