http://www.ratopati.com/wp-content/uploads/2014/12/pk.jpgमुम्बाई, १ माघ । बलिवुडमा सबैभन्दा बढी कमाउने चलचित्र बनेको आमिरद्वारा पिकेले अझै बक्स अफिसमा हंगामा मच्चाई रहेको छ । भारत र भारतबाहिर अझै पनि पिकेले राम्रो कमाई गरिराखेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पिकेको सम्पूर्ण आम्दानी जोड्ने हो भने पिकेले नयाँ इतिहास नै बनाएको छ । पिकेले भारतमा ४ सय ५१ करोड भारतीय रुपैयाँ कमाई सकेको छ भने भारतबाहिर पनि १ सय ५१ करोड भारतीय रुपैयाँ कमाईसकेको छ । यसले उसको कूल आम्दानी ६ सय २ करोड पुग्छ ।

यसअघि पिके भारतमा ३ सय करोड कमाउने पहिलो चलचित्र बनेको थियो ।

राजकुमार हिरानीद्वारा निर्देशित चलचित्र पिके डिसेम्बर १९ का दिन रिलिज गरिएको थियो ।