४ दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री स्वदेश फिर्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री प्रचण्ड बिहिबार एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतका लागि प्रस्थान गरेका थिए ।

प्रचण्डलाई भारतले राजकीय सम्मान दिएको थियो । भ्रमणका क्रममा नेपाल–भारतवीच तीन बुँदै सम्झौता भएको थियो भने २५ बुँदे संयुक्त विज्ञप्ती जारी गरिएको थियो ।

यस्तै प्रचण्डले भारतीय राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरुसहित विभिन्न दलका नेता तथा सरोकारवालाहरुसँग भेटवार्ता गरेका थिए ।