प्रधानमन्त्री दाहालले भेटे मोदीलाई, नेपाल र भारतबीच तीन सम्झौता

prachanda-and-modi-meet-1काठमाडौं– भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन् ।

मोदी र प्रधानमन्त्री दाहालबीच हैदराबाद हाउसमा भेटवार्ता भएको छ । भेटपछि आयोजित पत्रकार सम्मेलनमा मोदीले नेपालको संविधानबारे एक वाक्यमा आफ्नो धारणा राखे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै पक्षको भावनालाई समेट्दै नयाँ संविधान कार्यान्वयन गर्न नेपाल सफल हुने विश्वास व्यक्त गरेका छन् । उनले नेपालमा शान्ति, स्थिरता र विकास होस् भन्ने भारतले चाहेको भन्दै उनले नेपालको विकासमा सहयोग गर्न भारत सदैव तयार रहेको बताए ।

प्रधानमन्त्री दाहालले भने संविधान कार्यान्वयन र विकासमा भारतीय सहयोग रहने विश्वास व्यक्त गरे ।
नेपाल र भारतबीच तीन सम्झौता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका क्रममा नेपाल र भारतबीच तीन सम्झौता भएको छ ।

प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा तीन सम्झौता भएको हो । पहिलो सम्झौता हुलाकी राजमार्गको प्रोजेक्ट म्यानेजमेन्ट र कन्सलट्यान्सी सर्भिसबारे छ ।

दोस्रो भूकम्पपछिको पुनर्निर्माणका लागि सहुलियतपूर्ण ऋणबारे छ भने तेस्रो, दुई देशबीच भूकम्पपछिको पुनर्निर्माणका लागि ७५० मिलियन डलर सहुलियत पूर्ण ऋण दिने समझदारी भएको छ ।