काठमाडौं–आफ्नो ट्वीट विवादमा परेको विषयमा एमाले नेता शंकर पोखरेलले आफ्नो धारणा राखेका छन् ।
नेता पोखरेलले मंगलबार बिहान मधेसी मोर्चाले असोज ३ लाई कालो दिनको रुपमा मनाउने तयारी गरेको प्रति व्यंग्य गर्दै ट्वीट गरेका थिए ।
तर, उनको ट्वीटले मधेसी समुदायलाई ठेस पुर्याएको भन्दै सामाजिक सञ्जालमा आलोचना शुरु भएको थियो । नेता पोखरेलले लगत्तै उक्त ट्वीट हटाएका थिए ।
टेलिफोन कुराकानीमा उनले आफ्नो गलत मनसाय नरहेको तर मान्छेहरुले गलत अर्थमा बुझ्न थालेपछि हटाएको बताए ।
‘मेरो मनसाय कालो दिन भन्नु उचित हैन भन्ने थियो, मान्छेहरुले गलत अर्थमा बुझ्न थालेपछि हटाएँ ।’ नेता पोखरेलले भने ।






