बेलायतमा तीज विशेष कार्यक्रम नै कार्यक्रम (फोटो फिचर)

tej5 लन्डन– हिन्दू महिलाहरुले विगतमा झैं यस वर्ष पनि धूमधामसाथ तीज मनाएका छन् । हरितालिका तीजका अवसरमा बेलायतमा पनि नेपाली हिन्दू महिलाहरुले ब्रत, उपासना र उत्सवकैरुपमा तीज मनाएका छन् । तीज आउनु दुई साताअघि नै सुरु भएको तीजे कार्यक्रमको रमझम ऋषिपञ्चमीसम्म जारी रह्यो ।

tej8पशुपतिनाथ मन्दिर लन्डनको आयोजनामा साउथ इस्ट लन्डनको एसिएन कम्युनिटी सेन्टरमा तीज कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा तीजको उपासना र ब्रत बसेका महिलाहरुलाई पण्डितहरुद्वारा सामुहिक पुजा आराधना गराउनुका साथै तीज पर्वको महत्व माथि प्रवचन समेत गरिएको थियो।

औपचारिक भाषण र खादा प्रवृत्ति अनुशरण नगरिएको उक्त कार्यक्रममा मन्दिर कमिटीका अध्यक्ष बालजंग अर्यालले तीजको शुभकामना दिंदै चेलीबेटीहरु नेपाल जान नसकेपनि माइती सम्झेर तीज मनाउने माहोल 
सृजना गरिएको बताए ।

कार्यक्रममा बिभिन्न कलाकार हरुले नृत्य तथा तीज गीतहरु प्रस्तुत गरेका थिए।कार्यक्रममा झन्डै एक हजारको संख्यामा उपस्थिति रहेको कार्यक्रम संयोजक विनोद ज्ञवालीले जानकारी दिएका छन।

कार्यक्रम मन्जु भण्डारीले सञ्चालन गरेकी थिइन् ।tej4 tej6

यसैगरी लन्डन साउथलको राम मन्दिरमा पनि तीज बिशेष कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रम आयोजक हरुका अनुसार उक्त अवसरमा सयौं महिलाहरुले तीज बिशेष पुजाआजामा सहभागी भएका थिए। नेपाल विश्व हिन्दु महासंघ, बेलायत शाखाको आयोजनामा भएको तीज कार्यक्रमको संयोजन शाखाका अध्यक्ष चिरन्जीवी ढकालले गरेका थिए।tej10

यसैगरी लन्डन अल्पर्टनको सनातन हिन्दु मन्दिर तथा बेलायतको अल्डरसट, बर्मिन्घम, नोटिंगहम, लेस्टर र स्कटल्याण्डमा पनि तीज मनाइएको छ ।tej 9

यसैबीच, तमु समाज यूके आमा समूहले गत शनिबार लन्डन हयारो बोरो फुटबल क्लबमा हरितालिका तीज कार्यक्रम गरेको छ । तमु समाज यूके आमा समूहकी अध्यक्ष माया गुरुङ, प्रमुख अतिथि गैर आवासीय नेपाली संघ यूके उपाध्यक्ष शान्ति थापा कुँवर, तमु समाज यूके उपाध्यक्ष बिजु गुरुङ र सोंपाल समाज यूके संस्थापक उपाध्यक्ष पार्वती गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरि उद्घाटन गरिएको तीज बिशेष कार्यक्रममा यती नेपाली एसोसिएसन यूके अध्यक्ष पिपला देवान लगायत थुप्रै संघ संस्थाका महिला प्रतिनिधि, समाजसेवी तथा नेपाली महिलाको उपस्थिति थियो ।london mela 2016 029

tej1कार्यक्रममा विभिन्न किसिमका आकर्षक पुरस्कारहरुको राफल ड्र, तीजको दर खाने, पिउने सँगसँगै चाँद म्यूजिकको डिजेको तीज गीतमा सबैले छमछमी नाचेर मनोरन्जन लिए ।tej7