जापान स्थित नेपाली काँग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति जापानको छैठौं अधिवेशन विभिन्न उतारचढावका विच सम्पन्न भएको छ। हिजो टोकियोमा एक समारोहका विच २ वर्षका लागि निर्वाचित कार्यसमिति को सफथग्रहण कार्य सम्पन्न भएसँगै छैठौँ अधिवेशन औपचारिक रूपमै सम्पन्न भएको बताईएको छ।
सफथग्रहण गर्नेहरूमा सभापतिमा निर्वाचित डि.पि.कंडेल सहित महामन्त्री रामजंग कार्की,कोषाध्यक्ष बाबुराम सापकोटा सदस्यहरूमा राजेन्द्र जम्मरकट्टेल,पुष्करजंग थापा,पेम्बा लामा,हरिप्रसाद कंडेल,बद्रि पौडेल,प्रेम कंडेल,ध्रुव कुमार थापा,साधना घिमिरे,कृष्ण गैरे,मेख लामा,राजन गिरी,लक्ष्मण थापा,जीवन खड्का,उल्लाश पाण्डे,नवीनसागर सापकोटा,भीम गैरे,कृपन दाहाल,सुजन खड्का,राम ब.कार्की,दिपक बुर्जामगर,अशोक शर्मा,मिनराशी गुरूगं,सुष्मा लामा सुशील पौडेल,लक्ष्मण बाँनिया, र गीतादेवि कंडेल हुनुहुन्छ।
निर्वाचनको अन्तिम समयमा वहिष्कारमा उत्रिएको एउटा समुहको असन्तुस्टि भने कायमै रहेको जनाईएको छ। निर्वाचन सम्पन्न भईसके पश्चात् निर्वाचन समितिका संयोजक महेश श्रेष्ठले राजीनामा दिएसँगै निर्वाचन समितिका तर्फबाट ज़िम्मेवारी लिदैं मतगणना कार्य सम्पन्न गराउनुभएका निर्वाचन समिति का सदस्य मुक्तिराम खनाल(विनोद) ले नवनिर्वाचित कार्यसमिति लाई सफथ खुवाउनु भएको जनाईएको छ।
सफथग्रहण समारोहमा भने डि.पी.कंडेल नेतृत्वको निर्वाचित कार्यसमिति का अधिकांश सदस्य,जनसम्पर्क समिति जापानका तर्फ बाट नेपाली काँग्रेसका तेह्रौँ महाधिवेशन प्रतिनिधिहरू सुभाष लोहनी, पासाङ शेर्पा,राजेन्द्र जम्मरकट्टेल,पुर्व संयोजक भूपिगोविन्द श्रेष्ठ,पूर्व महाधिवेशन प्रतिनिधि कपिलदेव थापा,बुद्धिजिवि गणेश नेपाल लगाएत थुप्रै अग्रज तथा समर्थक र सुभेच्छुक हरूको उल्लेख्य उपस्थिति रहेको जनाईएको छ। सफथग्रहण लगत्तै कार्यसमिति को पहिलो औपचारिक बैठक बसेको थियो। बैठक लगत्तै छोटो प्रतिक्रिया दिदैँ नवनिर्वाचित सभापति कंडेलले अहिले देखिएको विवादलाई छिट्टै समाधान गरि सबै पक्षलाई सँगै लिएर अघि बढिने र असन्तुस्टि प्रकट गरिरहनु भएको भनिएका साथीहरू पनि छिट्टै सहमतिमा आउने विश्वास व्यक्त गर्नुभयो।
बैठकले छैठौं महाधिवेशन का क्रममा देखापरेको विवाद लाई समाधान गर्न पाँच सदस्यीय एक विवाद समाधान संवाद समितिको गठन गरेको छ। जसमा सुभाष लोहनी,भूपिगोविन्द श्रेष्ठ,पासाङ शेर्पा,राजेन्द्र जम्मरकट्टेल र पुष्कर जंग थापा रहेको बताईएको छ।यस्तै यहि सेप्टेम्बर ९ का दिन पर्न गएको मातृपार्टी नेपाली काँग्रेसका संस्थापक नेता तथा प्रजातांत्रिक आन्दोलनका धरोहर स्व० वी.पी.कोईराला को १०३ औं जन्मोत्सव भव्य रूपमा मनाउने निर्णय गरेको छ । टोकियोकै सिनओकुबो स्थित नेपालीमुरा हल(सोलमारी रेस्टुरेन्ट सँगै) मा आयोजना गरिने सो समारोहमा उपस्थितिका लागि सम्पूर्ण जापानवासी नेपालीहरूमा आयोजकका तर्फबाट महामन्त्री रामजंग कार्कीले अनुरोध गर्नुभएको छ।







