भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि जस्तो कुस्ती खेल्न योग्य मानिसलाई विषेशदुत बनाएर भारत पठाउनु प्रधानमन्त्री पुष्पकमल दाहालको गल्ती भएको आरोप लगाएका छन् ।
।
रफत सञ्चार क्लबले सोमबार आयोजना गरेको साक्षतकार कार्यक्रम बोल्दै उनले यस्तो बताएका हुन् ।
सभामुख ओनसरी घर्तीको भूमिकामा प्रश्न खडा भएको भन्दै उनले आफ्नो पदिय दायित्व भन्दा पनि राजनीतिक दलको कार्यकर्ताको भुमिकामा पर्नु गलत भएको बताए ।
बिजुक्छेले सार्क राष्ट्रभित्रका लागि जसरी संयुक्त विद्युत सम्झौताको लागि भारतमा रहने उक्त कुरा नेपालका लागि हित नभएको बताए ।
बिजुक्छेले भने ‘अघिल्लो सरकारमा उर्जा मन्त्री टोपबहादुर रायमाझी हुँदा प्रस्ताब गर्नु र हाल माओबादीकै नेतृत्वको सरकारमा संसदमा बिद्येक प्रस्तुत गर्नुले उक्त विषय रहस्यमम छ’ ।






