ओलीले सम्बोधन शुरु गर्ना साथ लगनखेलमा बम विस्फोट

ललितपुर- लतिलपुरको लगनखेल बस पार्कमा बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई लक्षित गरेर बम विस्फोट भएको छ ।

सभा स्थलबाट करिब ५ सय मिटरको दुरीमा रहेको नमुना मछिन्द्र माध्यामिक विद्यालय नजिकै बम विस्फोट भएको हो ।

गलबार दिउँसो गठबन्धनले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्बोधन शुरु गर्ना साथ विस्फोटको ठूलो आवाज आएको थियो ।

घटनामा मानवीय क्षति भने भएन ।

गठबन्धनले आज काठमाडौँमा पनि चुनावी सभा आयोजना गर्दैछ ।