गगन थापा मन्त्री बन्दा तुहियो लोकमानविरुद्धको प्रस्ताव

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोग लगाउने विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव तुहिएको छ । उक्त प्रस्तावका समर्थक सांसद् धनराज गुरुङले ट्वीटरमार्फत सो कुराको जानकारी दिँदै यसबाट आफू दुःखी भएको बताएका हुन् ।

गगन थापा प्रस्तावक तथा गुरुङ र श्याम श्रेष्ठ समर्थक भएर उक्त प्रस्ताव संसद्मा राखिएको तर थापा मन्त्री भएपछि उक्त प्रस्ताव अब छलफल हुन नसक्ने जानकारी संसद् सचिवालयले आफूले दिएको उनले ट्वीटमा उल्लेख गरेका छन् ।

गगन थापा प्रस्ताव, श्याम श्रेष्ठ र म समर्थक भएर संसद्मा राखेको सार्वजनिक महत्वको प्रस्तावकनै मन्त्री बनिसकेपछि अब उक्त प्रस्ताव संसद्मा छलफल हुन नसक्ने भयो ।

उनले थापा मन्त्री भएकोमा भने खुसी व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘प्रिय भाई गगन मन्त्री बनेकोमा म अत्यन्त खुसी छु, तर मुलुकमा व्याप्त बेथिति विरुद्धको प्रस्ताव तुहिएकोमा म अत्यन्त दुःखित छु ।