नशालु पदार्थ खुवाएर भारतमा नेपाली लुटिए

drug addictionकञ्चनपुर, ९ भदौ । रोजगारी गरी घर फर्किने क्रममा भारतको खटिमामा आज दाङ घर भएका एकजना नेपाली लुटिएका छन् ।

भारतको चण्डीगढबाट घरतिर फर्किने क्रममा हरिद्वार क्षेत्रमा नेपालीजस्तै देखिने युवाले नशालु पदार्थ सुँघाएर लुटपाट गरेपछि दाङको काभ्रे गाविस मुलाबारीका मीनबहादुर राना खटिमाको मेलाघाट क्षेत्रमा अलपत्र अवस्थामा फेला परेका हुन् ।

मेलाघाट क्षेत्रमा अलपत्र परेका रानालाई कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रहरी चौकी बाबाथानको टोलीले उद्धार गरेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पु¥याएको कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मीनबहादुर रानाबाट रु २५ हजार भारतीय रुपैयाँ नगद, दुईवटा मोबाइल सेट र घरपरिवारका लागि ल्याएको कपडा राखिएको झोला लुटिएको छ ।