पाल्पा, ३०पुस – तानसेन नगरपालिकाले १८ औँ नगरपरिषद्मा आगामी आर्थिक वर्ष २०७२÷७३ का लागि रु १५ करोड ६७ लाख ६९ हजारको बजेट सार्वजनिक गरेको छ । प्रस्तावित बजेटमा पुँजीगत खर्चतर्फ रु १४ करोड ४५ लाख ४७ हजार ७६३ र प्रशासनिक खर्चतर्फ रु एक करोड २२ लाख २२ हजार रहेको नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र लामगादेले बताए ।
तानसेनलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरी रोजगारीका वातावरण सिर्जना गर्ने मुख्य उद्देश्यसहित बजेट निर्माण गरिएको छ । त्रिवर्षीय अन्तरिम योजना, सहस्राब्दी विकास तथा आवधिक नगर विकास योजनाको लक्ष्य पूर्ति हुने योजनालाई बजेटमा प्राथमिकता दिइएको छ । रासस






