काठमाडौं ३० पुस । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका राजनीतिक मामिलासम्बन्धी उपमहासचिव जेफ्री फेल्टम्यानले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर संविधान लेखन प्रक्रियामा चासो राखेका छन् । प्रधानमन्त्री कोइराला र फेल्टम्यानबीच बुधबार विहान भेटवार्ता भएको थियो ।
भेटमा फेल्टम्यानले नेपालमा समय मै संविधान बनोस् भन्ने शुभेच्छा पनि व्यक्त गरेका थिए । नेपालमा राजनीतिक दलहरुबीचको सहमति, सम्झौता र मुलुकको वृहत्तर हितअनुसार संविधान निर्माण भैरहेको आफूले विभिन्न नेताहरुसँगको भेटमा जानकारी पाएको भन्दै खुसी व्यक्त गरेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री कोइरालाले पूर्वप्रतिबद्धता अनुसार समयमै नयाँ संविधान जारी गर्न तयार रहेको जानकारी गराएका थिए । उनले सकेसम्म सहमतिमा र सहमति नभए लोकतान्त्रिक प्रक्रिया अनुसार सरकार अघि बढ्ने स्पष्ट पारेका थिए । फेल्टम्यान मंगलबार काठमाडौं आएका थिए ।






