लन्डन , नेपाल पर्यटन बोर्डले न्युजिल्यान्डका लागि बुद्धि सागर घिमिरेलाई पर्यटन प्रवर्द्धनका लागि मानार्थ पर्यटन दूत नियुक्त गरेको छ । सत्र बर्ष देखि नेपाल बाहिर रहेर नेपाल र नेपालीको दुख सुखमा साथ दिदै आएका नवनियुक्त पर्यटन दूत घिमिरेले नेपालको पर्यटन विकासका लागि अब आफ्नो जिम्मेबारी बढेको बताउनु भएको छ ।
त्रिभुवन विश्व विद्यालयबाट माइक्रोबाईलोजीमा स्नातकोत्तर गर्नुभएका घिमिरेले बेलायतबाट बातावरण विज्ञानमा समेत एमफिल गर्नु भएको छ । खाडी मुलुक होस् वा बेलायत अनि न्यु जिल्यान्ड जहाँ रहे पनि दर्जनौं सामाजिक संघसंस्थाको माध्यमबाट नेपाल र नेपालीहरुको हितका लागि निरन्तर रुपमा सक्रिय घिमिरेलाई यो जिम्मेवारी दिएर पर्यटन बोर्डले राम्रो कामको थालनी गरेको बताउछन ।
लम्जुंग जिल्लाको बेशी सहर नगरपालिका जन्मथलो भएका बुद्धि सागर घिमिरे लामो समय देखि दुखि र निमुखाहरुको पक्षमा आवाज उठाउँदै आउनु भएको छ । पटक पटक गरि बिभिन्न सामाजिक संघ संस्थाहरुलाई नगद र जिन्शी उपलब्ध गराउदै आउनु भएको छ । पत्र पत्रिकामा खर्च अभाबमा उपचार हुन् नसकेका बिरामीहरु र स्कुलको फी तिर्न नसकेका बालबालिकाहरुका लागि आफ्नो न्युज पोर्टल मार्फत सहयोगको लागि अपिल गरि रकम जम्मा गरि पिडित समक्ष पुर्याउनु हुने न्यूजिल्याण्ड निवासी घिमिरे गैरआवासीय संघको पर्यटन सम्बन्धी नेतृत्वदायी भूमिका निभाउन अरु थप जिम्मेवारी थपिएको बताउनु भएको छ ।
घिमिरेले आफु एकलैले काम गर्ने होइन यसका लागि नेपाली समाज र समुदायहरुको साथ र सहयोग पाउने मा बिस्वस्त हुदै न्यु जिल्यान्ड र नेपाल बीच पर्यटनको विकास र विस्तारका लागि आफुले उच्च स्तरीय पहल गर्ने बताउनु भएको छ । जुलाई २०१६ देखि जुलाई २०१८ सम्म लागू हुने गरी घिमिरेलाई नेपाल पर्यटन बोर्डले २ वर्षका लागि पर्यटन दूत बनाएको हो ।
संचारकर्मी समेत रहेका घिमिरेले न्युजिल्यान्डमा रहेका नेपालीहरुको गतिबिधिहरु बिश्वसामु पुर्याउने हेतुले www.nznepal.com र बिदेशीहरुलाई नेपाल बारे जानकारी दिने उदेश्यका साथ www.nznepal.net संचालनमा ल्याउनु भएको छ भने एनआरएनएको संचार र पब्लिकेसन सम्बन्धि टास्क फोर्समा रहेर पनि नेपालको पर्यटन प्रबद्र्धनका लागि काम गरिरहनु भएको छ।






