काठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ सरकारमा सहभागी हुने प्रस्ट पारेका छन् ।
फोरम लोकतान्त्रिकको सातौं स्थापना दिवसका अवसमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले सो जानकारी दिएका हुन् ।
‘हामी दिल खुस बनाएर नयाँ सरकामा जान्छौं’ गच्छदारले भने ।
आफूहरुलाई सरकारमा जानबाट मधेसी मोर्चाका केही नेताले रोक्ने प्रयास गरिरहेको भन्दै उनले त्यस्तो दुष्प्रयास नगर्न चेतावनी दिए । उनले भने, ‘तपाईंहरुले रोक्न सक्नुहुन्छ भने रोक्नुहोस्, तर हामी सरकारमा जान्छौ-जान्छौं ।’






