एकपक्षीय रुपमा सीमामा बाँध निर्माण गर्नु गलत हो: डा भट्टराई

baburam bhattaraiधनगढी- नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले भारतीय पक्षाबट सीमा क्षेत्रमा एकपक्षीय रुपमा बाँध निर्माण गर्ने कार्य गलत भएको बताउनुभएको छ ।
पब्लिक मिडियाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले
सीमामा उत्पन्न हुने समस्याको कूटनीतिक तवरमा दुवै देशले दीर्घकालीन रुपमा समाधान खोजिनुपर्ने बताउँदै भन्नुभयो—“दुवै पक्षका जनतालाई भिडाउने काम गर्नुहुँदैन ।”
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीको क्रियाकलापका बारेमा सोधिएको प्रश्नमा उहाँले यो विषय संसद्मा प्रवेश भइसकेकाले सार्वभौम संसद्ले प्रक्रिया अघि बढाई टुङ्ग्याउनुपर्ने बताउनुभयो ।