राष्ट्रपतिद्वारा भोटोजात्रा अवलोकन

/fi6«klt ljBfb]jL e08f/Låf/f ef]6f] hfqf cjnf]sg kl5 /ftf] dlR5Gb|gfysf] bz{g  ug'{x'Fb} . tl:a/ M k|bLk/fh jGt,/f;;
ललितपुर- राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन गर्नुभएको छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीबाट रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गर्नुभएको थियो । उहाँले जीवित देवी कुमारीको पनि दर्शन गर्नुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई रातो मच्छिन्द्रनाथका पानेजु यज्ञ शाक्यले टीका तथा प्रसाद प्रदान गर्नुभएको थियो ।

भोटोजात्रा स्थलमा प्रमूख जिल्ला अधिकारी ऋषिराम शर्माले राष्ट्रपति भण्डारीलाई स्वागत गर्नुभएको थियो ।

ऐतिहासिक भोटो जात्रा अवलोकनका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती र उपप्रधानमन्त्री भीमबहादुर रावल तथा मन्त्रीहरु सहभागी हुनुभएको थियो ।

सो अवसरमा गुठी संस्थान ललितपुरका कामु प्रमुख बैकुण्ठ आचार्यले हिरामोती जडित भोटो रथको चारैदिशाबाट देखाउनुभएको थियो । जात्रा सम्पन्न भएलगत्तै रातो मच्छिन्द्रनाथको मूर्ति खटमा राखेर बुङ्मती लगिएको छ ।