लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक आइतबार सम्पन्न भयो । नर्थहोल्टस्थित ब्लु अर्किड रेष्टुरेन्टमा अध्यक्ष नरेश खपांगीको अध्यक्षतामा बसेको बैठकले रिक्त कार्यसमिति सदस्यहरुका साथै सल्लाहकार र सभासदहरु मनोनित गरेको छ ।
कार्यसमितिमा रिक्त ४ सदस्यहरुमा क्षेत्र वनेम, शिव तिवारी, जानुका राई र बिजिडब्लुएस रेडियोको एक प्रतिनिधी राख्ने निर्णय भएको छ । शाखाले आफना ६ सल्लाहकारहरुमा भगिरथ योगी, नविन पोखरेल, चिरन शर्मा, हरिकुमार गुरुंग, केशव भण्डारी र सोनाम शेर्पालाई मनोनित गरेको छ ।
त्यस्तै सभासदहरुमा फणिन्द्र भट्टराई, कुशल श्रेष्ठ, एभरेष्ट गौतम, देवी गौतम, प्रमिला राई, प्रकाश केसी, दिनेश परियार, देवेन्द्र खेरेस र मिलन तमुलाई मनोनयन गरिएको छ । बैठकले शाखाको तेस्रो अधिवेसन सफल रहेको निश्कर्ष निकाल्दै त्यसका लागि सहयोग पुरयाउने निर्वाचन समितिसहित सम्पूर्ण संघसंस्था तथा व्यक्तिहरुमा धन्यवाद ज्ञापन गरेको छ ।
त्यस्तै शाखाको सोसल मिडिया तथा भाइबर र फेसबुक मेसेञ्जरका ग्रुप संवादहरुको सञ्चालनसम्बन्धी सम्पुर्ण जिम्मा वरिष्ठ उपाध्यक्ष श्याम लुईटेललाई लगाएको छ । त्यस्तै सदस्यता तथा परिचयपत्रसम्बन्धी कामको जिम्मेवारी महासचिव लिलामान शेरपुञ्जा र बैंक खाता सञ्चालनसहित सबै आर्थिक कामहरुको जिम्मा कोषाध्यक्ष पूर्ण गुरुंगले पाएका छन । शाखाको वेवसाइटसम्बन्धी कामहरु भने अध्यक्ष खपांगी र सदस्य नरेन्द्र बस्नेतलाई जिम्मा दिइएको छ ।
त्यस्तै सदस्यता वितरण नियमावली परिमार्जनका लागि भगिरथ योगी संयोजक तथा वरिष्ठ उपाध्यक्ष श्याम लुईटेल, उपाध्यक्ष ध्रुबराज अर्याल, महासचिव लिलामान शेरपुञ्जा र सचिव शिव भण्डारीलाई सदस्य तोकेर एक समिति बनाइएको छ । आकस्मिक रुपमा कुनै निर्णय लिन परेको अवस्थाका लागि भन्दै अध्यक्षदेखि सहकोषाध्यक्षसम्मका सबै पदाधिकारी रहने गरी एक सचिवालय पनि बनाउने निर्णय भएको छ ।
शाखाले आफनो पहिलो कार्यक्रमा रुपमा यहांस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधीसंग एक बृहत अन्तरक्रिया गर्ने निर्णय गर्दै त्यसका लागि तिथी तोक्ने र संयोजन गर्ने जिम्मा वरिष्ठ उपाध्यक्ष लुईटेललाई दिएको छ ।
यसैबीच आइतबार नै निवर्तमान अध्यक्ष चिरन शर्मा र नवनिर्वाचित अध्यक्ष खपांगीबीच बुझबुझारथको सबै काम समेत पूरा गरिएको छ ।![12957311_1270821986295853_1082899211_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/04/12957311_1270821986295853_1082899211_n1.jpg)






