लन्डन- गायिका झुमा लिम्बू लन्डन आइपुगेकी छन् । याक्थुङ,माङ्गेन्ना चुम्लुङ,युके को पहल र निमन्त्रणामा लिम्बु “मुन्धुम संगित” का खोज तथा अनुसन्धान कर्ता तथा गायिका झुमा लिम्बु (वनेम) वेलायत आएकी हुन् । हिथ्रो अन्तराष्ट्रिय विमान स्थलको टर्मिनल ४ को आगमन परिसरमा माङ्गेन्ना चुम्लुङ युकेका अध्यक्ष श्रीमति कमला सेन्दाङ लिम्बु, उपाध्यक्ष कल्पना आङ्बुहाङ र सल्लाहकार श्रीमती नरकुमारि लिम्बु र एन आर एन आइ सि सि सदस्य श्रीमति शुष्मा राई बाट फुलको गुच्छा र खादा प्रदान गरि झुमा लिम्बु को भब्य स्वागत भएको थियो।
गायिक झुमा लिम्बुलाइ बेलायत भ्रमणको लागि आवश्यक पर्ने भिसाको स्पोन्सोर याक्थुङ माङ्गेन्ना चुम्लुङ्,युकेले गरेको हो। वेलायत भ्रमणको अवधि भर गायिका झुमा लिम्बुको निमित आवश्यक पर्ने सम्पुर्ण भौतिक साधन र स्रोत को ब्यबस्थापन याक्थुङ माङ्गेन्ना चुम्लुङ,युके र वनेम कल्याण संस्था युकेले गर्ने छ्न। सुमधुर श्वरका धनि तथा प्रतिभाशालि गायिका झुमा लिम्बु ले नेपालि तथा लिम्बु गित संगितका निमित धेरै योगदान पुर्र्याएकि छिन। उनको पहिलो गिति एल्बम “ए साईला………” को अपार सफलता पछि निरन्तर रुपमा गित-संगितको साधानामा लागेका झुमा लिम्बु नेपालि सांगितिक आकाशमा एक चम्किलो ताराको रुपमा स्थापित भई सकेका छ्न्। सायद, संगितका अपार स्रोत महान संगितकार स्वर्गिय अमर गुरुङ को कुशल प्रशिक्षण र आशिर्वादले होला, गायिका झुमा लिम्बुका आधुनिक गितहरु जो कोहिको लागि उतिकै कर्णप्रिय र ह्रृदय स्पर्षि छ्न, उनको दोस्रो गिति एल्ब्म “अम्बर संगित” यसको ज्वलन्त दृष्टान्त हो ।
नेपालि संगित मात्र होइन झुमा लिम्बुले लिम्बु संगितलाई पनि उतिकै माया गर्दछिन्। उनले पुर्वि लिम्बुवानका रैथाने लिम्बु लय र संगितको लामो समय सम्म खोज अनुसन्धान गरि केहि वर्ष अगाडि “खासाम” गिति एल्बम हामि समक्ष ल्याएको छिन्। “खासाम” लिम्बु गित-संगितको एकत्रित दर्पण हो,लिम्बु जातिहरुको जनजिब्रो हो र मुन्धुम संगित को संग्रह हो। “खासाम” भित्र हाम्रो सँस्कृति छ,जीवन दर्शन छ अनि पहिचान छ। समग्रमा उनको कृति “खासाम” विश्वभरि रहेका लिम्बुहरुको निम्ति एक अमुर्त साँस्कृतिक सम्पदा हो।
गित संगितको उत्थान र विकाशको निमित आफुलाई समर्पित गर्ने गायिका झुमा लिम्बु जस्ता उर्जाशिल अभियन्ताहरुलाई सहयोग र आधारशिला दिनु पर्दछ भन्ने याक्थुङ माङ्गेन्ना चुम्लुङ,युकेको मान्यता हो। लिम्बु तथा नेपालि गित-संगित दुवै क्षेत्रमा उतिकै दखल भएका गायिक झुमा लिम्बु को वेलायत आगमन वेलायत बासि सम्पुर्ण नेपालिहरुको निमित एउटा सौभाग्यको विषय हो।
बेलायत भ्रमणको अवधि भर याक्थुङ माङेन्ना चुम्लुङ युकेले गायिका झुमा लिम्बुको सांगितिक प्रस्तुतिका साथ विभिन्न कार्यक्रम हरुको आयोजना गर्ने छ। झुमा लिम्बुका कर्णप्रिय आवाजहरुले निश्चित रुपमा तपाईहरुलाइ स्तब्ध र मन्त्रमुग्ध बनाउने छ।






