[wpdevart_youtube]https://www.youtube.com/watch?v=eA7deoYnulQ[/wpdevart_youtube]
काठमाडौं- तीजलाई लक्षित गरेर तयार पारिएको ‘हैरानै पारे भेनाले…’ गीत संगीत क्षेत्रमा चर्चामा आएको छ ।
गायत्री थापा र कोपिला छिनालको तीज गीत ‘हैरानै पारे भेनाले…’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएलगत्तै युट्युबमा चर्चित भएको छ । गायत्री थापाको रचना रहेको गीतमा राजु सुनामले संगीत दिएका छन् ।
शिव दर्शन मिडियाले सार्वजनिक गरेको गीतको म्युजिक भिडियोमा हास्य कलाकारहरु कमल गाउँले, निरु खड्का, बल्छी ध्रुवे, रश्मी तामाङले अभिनय गरेका छन् । विक्रम चौहानले म्यूजिक भिडियोको निर्देशन गरेका हुन् ।
गायिका एवं गीतकार थापाले तीजमा आफ्नो गीतबाट ठूलो अपेक्षा गरेको बताइन् ।






