लन्डन- ब्रिटेनका प्रधानमन्त्री डेभिड् क्यामरन आफ्नी श्रीमती सामन्था र तीनजना छोराछोरी सहित महारानी एलिजाबेथलाई भेटन बकिङघम राजदरबार गएका थिए।
महारानी एलिजाबेथ समक्ष आफ्नो राजीनामा दिनुअघि उनले बुधबार दिउँसो अन्तिम पटक संसदको प्रश्नोत्तरमा भाग लिएका थिए।
जनमत संग्रहपछि ब्रिटेनले युरोपेली संघ इयु छोड्ने पक्षमा निर्णय गरेपछि ४९ बर्षीय क्यामरनले गत महिना आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका थिए।
उनले ६ बर्ष भन्दा केही बढी समय प्रधानमन्त्रीको जिम्मेवारी संहालेका थिए।






